रुपन्देही जिल्ला

 

समुद्री सतहदेखि १००-१२१९ मीटर उचाई रहेको रुपन्देही नेपाल अधिराज्यको पश्चिम तर्राईमा पर्ने एक महत्वपूर्ण जिल्ला हो । कूल क्षेत्रफल १३६० वर्ग किलोमिटर रहेको यस जिल्लालाई पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा र दक्षिणमा भारतको उत्तर प्रदेशले घेरेको छ । तिनाऊ, रोहिणी, दानव, कोठी, महाव, कञ्चन, बघेला, डण्डा र कोइलीझाङ्ग यस जिल्लामा बग्ने प्रमुख नदीहरु हुन् ।

८३० १२' १६" देखि ८३० ३८' ७" पूर्वी देशान्तर र २७० २०' ००" देखि २७० ४७" २५" उत्तरी अक्षांशमा अवस्थित यस जिल्लाको हावापानी उष्णप्रदेशीय छ ।
एशियाका तारा, मानवता र विश्वशान्तिका प्रतीक भगवान गौतमबुद्धको जन्मस्थान लुम्विनी रहेको यो जिल्ला विश्वमै परिचित छ । बुद्ध धर्मावलम्वीहरुका लागि पवित्र तिर्थस्थलको रुपमा रहेको रुपन्देही जिल्ला प्राचीन सभ्यता एवं धार्मिक, सास्कृतिक, ऐतिहासिक पूरातात्विक हिसावले पनि महत्वपूर्ण मानिन्छ । देवदह लगायत बुद्धसँग सम्वन्धित अन्य कयौँ ऐतिहासिक क्षेत्रहरु रहेको यो जिल्ला औद्योगिक एवं ब्यापारिक केन्द्रको रुपमा पनि परिचित छ ।

पश्चिमाञ्चल विकास क्षेत्रको लुम्विनी अञ्चल अन्तरगत पर्ने यो जिल्लालाई राजनैतिक हिसावले ५ संसदीय निर्वाचन क्षेत्र, १७ इलाका, २ नगरपालिका र ६९ गाविसमा विभाजन गरिएको छ । विस २०५८ सालको जनगणना अनुसार ३६०७७३ पुरुष र ३४७६४६ महिला सहित ७०८४१९ कूल जनसंख्या रहेको यो जिल्ला जनसख्याको दृष्टिले नेपालकै तेश्रो ठूलो जिल्ला हो ।

 

 

lhNnfsf] ljleGg tYofËx?sf] nflu oxfF lSns ug{'xf];\ .

  Links What's New in DDC | Name Of Employees | Contact Us  | Nepali Font Download