|
समुद्री
सतहदेखि १००-१२१९ मीटर उचाई रहेको
रुपन्देही नेपाल अधिराज्यको पश्चिम तर्राईमा पर्ने एक महत्वपूर्ण जिल्ला हो
। कूल क्षेत्रफल १३६० वर्ग किलोमिटर रहेको यस जिल्लालाई पूर्वमा नवलपरासी,
पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा र दक्षिणमा भारतको उत्तर प्रदेशले
घेरेको छ । तिनाऊ, रोहिणी, दानव, कोठी, महाव, कञ्चन, बघेला, डण्डा र
कोइलीझाङ्ग यस जिल्लामा बग्ने प्रमुख नदीहरु हुन् ।
एशियाका तारा, मानवता र विश्वशान्तिका
प्रतीक भगवान गौतमबुद्धको जन्मस्थान लुम्विनी रहेको यो जिल्ला विश्वमै
परिचित छ । बुद्ध धर्मावलम्वीहरुका लागि पवित्र तिर्थस्थलको रुपमा रहेको
रुपन्देही जिल्ला प्राचीन सभ्यता एवं धार्मिक, सास्कृतिक, ऐतिहासिक
पूरातात्विक हिसावले पनि महत्वपूर्ण मानिन्छ । देवदह लगायत बुद्धसँग
सम्वन्धित अन्य कयौँ ऐतिहासिक क्षेत्रहरु रहेको यो जिल्ला औद्योगिक एवं
ब्यापारिक केन्द्रको रुपमा पनि परिचित छ । |